पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीसँग ५० लाख रुपैयाँ धरौटी मागेको हो । जोशीविरुद्ध ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता भएको थियो ।

जोशी यसअघि पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा ८८ लाख धरौटी छुटेका थिए । यसअघि यही मुद्दाा रास्वपाका सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए भने कास्कीबाट ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *