भारतसँग पराजित हुँदै नेपाल खो खो विश्वकपको उपविजेता

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली भारतमा जारी खो-खो विश्वकपको उपविजेता बनेको छ । आइतबार बेलुकी सम्पन्न फाइनल खेलमा घरेलु टोली भारतसँग ७८-४० ले पराजित हुँदै नेपालले उपविजेतामा चित्त बुझाएको हो ।

इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपालले शुरुवातमै लय गुमाउँदा पराजित हुन पुगेको हो ।

आजै नेपालको पुरुष टोलीलेपनि भारतसँग फाइनल खेल खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *