नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तिमा ७० जनाको मृत्यु

लागोस । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ ।

“अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ,” नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामले भने ।

सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर  शनिबार डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको बताए ।

अधिकांश पीडितहरू चिन्न नसकिने गरी जलेका थिए । गम्भीर आर्थिक सङ्कटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *