काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली भारतमा जारी खो-खो विश्वकपको फाइनलमा पुगेको छ । शनिबार दिउँसो भएको सेमिफाइनल खेलमा युगान्डालाई ८९-१८ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा विपक्षी टोलीमाथि नेपाल हाबी बनेको थियो । अब नेपालले आइतबार हुने फाइनल खेलमा आजै भारत र दक्षिण अफ्रिकाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।