किन बोल्दैनन् नागरिक ?

डा. युवराज संग्रौला ।

समस्या पनि तपाईंलाई थाहा छ । उदाहरणका लागि, बाराको एउटा किसानले प्रतिकिलो १० रुपैयाँमा तरकारी बेच्छ । भाडा प्रतिकिलो १० रुपैयाँ परेछ, काठमाडौ ल्याउँदा । तर बजार उपभोक्ता ५० रुपैयाँ तिर्छ । किन ? कसले कमायो यो बीचको ३० रुपैयाँ ? यो कुरा २००७ सालदेखि आजसम्म नेपालका राजनीतिक दलहरुले नबुझी शासन गरे भन्ने कुरा सबैलाई थाहा छ ।
तर

दिमाग जमेपछि माटो जमेको इँटाजस्तो हुनेरहेछ । इँटाको धुलोमा विरुवा उम्रदैन । दिमाग जमेपछि त्यस्तै हुनेरहेछ । राजनीतिक अस्थिरता राष्ट्रकै चुनौती बनिसक्दा पनि, उत्पादन नासिएर अर्थतन्त्र पतन भैसक्दा पनि, र राष्ट्रको सुरक्षा धारासायी बनिसक्दा पनि मानिसमा चेतना बोल्दैन । किन ? यसको कारण के तलका कुरा हुन् त ?

१. अधिकांशका सन्तान विदेशमा छन्, नेपालमा भएन भने विदेश गएर बस्छु भन्ने मुतको न्यानो छ । त्यसैले बोल्दैन ।

२. हिजोदेखि गुजुल्टिएर बस्ने बानी लाग्यो । कुनो फोहोरै भएपनि, उपियाँको राजचले पनि कन्याउँदै बस्ने आदत बन्यो ।बरु शरीरमा घाउ होस् कन्याएर तर कुनोमा गुजुल्टिएर बस्न छोड्दैन ।

३. मानिसमा सिर्जनाले परिवर्तनलाई प्रेरित गर्ने रहेछ । सिर्जनाको प्रवृत्ति मरेपछि मान्छेले सामाजिक हुने प्रवृत्ति त्यागेर व्यक्तिवादी हुने प्रवृत्ति खोज्दो रहेछ ।

४. मानिस व्यक्तिवादी भएपछि, निहित स्वार्थको पछाडि मात्र कुद्ने रहेछ, विद्रोहका नाममा षड्यन्त्र सिक्दो रहेछ, र जड बनेको दिमागको घोडा चडेर ताकतको दौडमा कुद्ने रहेछ ।

२००७ साल देखिको लोकतन्त्र कुलिनतन्त्रम रुपान्तरण हुँदै माफिया पुँजीवादका जीवाणुबाट संकमित हुँदै क्रमशः लुट्तन्त्रमा परिणत भयो । दलहरू भित्र मौलाएको विचारहिनताले गुटतन्त्र र देवत्वलाई जन्मायो । गुटको विवाह माफियासँग भएपछि भ्रष्ट दलतन्त्र जन्मियो । यो दलतन्त्र गठतन्त्र र भ्रष्टाचारका खुट्टामा उभिएको, एउटा विचारबिहिन पतनशिल राजनीतिक धार हो ।

यसको विरुद्धमा कोही इतिहास फर्काएर, कोही मौकाको फाइदा उठाएर जुनसुकै तरिकाले कुनै विचारधारा बिना दलतन्त्रका ठाउँमा आफ्नो उदयको ताकमा लडिरहेको छ, यो विचारहिन विद्रोह नेपालको राजनीतिको अर्को धार हो ।

आज देशले खोजिरहेको तेस्रो धार नागरिकलाई राज्यका सार्वभौम मालिक बनाउने र अर्थतन्त्रलाई उत्पादनको जगमा खडा गर्दै राष्ट्रर्को सुरक्षा सुनिश्चित गर्ने सामाजिक नागरिकतन्त्र हो । यो संवाद र विमर्शको निर्माण गर्नु देश जोगाउने उपाय हो । व्यक्तिगत कुन्ठा राजनीति होइन । व्यक्तिगत स्वार्थ रोग हो । उद्देश्यहीन विद्रोह निरंकुशताको बीउ हो । समाजका समस्या सम्बोधन गर्न समकालीन विचार आवश्यक हुन्छ। होर्डिङ बोर्डमा झुन्डिएको तस्बिर नेता होइन तस्बिरमात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *