म्यानमामा खानी भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

याङ्गोन । उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा मंगलबारसम्म जम्मा २२ शवहरू फेला परेको छ ।

गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिए । बुधबार पनि उद्धार कार्य जारी रहेको छ । हपाकान्त नगरपालिकाको खानी क्षेत्रमा रहेको माटोको पोखरी भत्किँदा सोमबार भीषण दुर्घटना भएको हो ।

दुर्घटनाका कारण ५७ घर पनि माटोमुनि पुरिएको अधिकारीले बताए । भत्किएको माटोको मात्रा धेरै भएकाले तल गाडिएका मानिस निकाल्न कठिन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *