किन बन्दैछ ‘जनसंघर्ष’ शिथिल ?

ऋषि कट्टेल ।

प्रतिक्रियावादी राज्यसत्ता भित्रको अन्तरविरोध तीव्र बनिरहेको मात्र छैन शत्रुतापूर्ण बन्दै गइरहेको छ । त्यसैमा पनि माओवादी केन्द्र र एमाले बीचको अन्तरविरोधले त झनै उग्ररुप लिइरहेकोछ । यि दुवै शक्तिहरु दुई कित्तामा अर्थात् दुई प्रभुहरुको काँधमा बसेर एकले अर्कोलाई नसिध्याइ नछोड्ने दौडमा छन् । यो अन्तरविरोध घट्ने संभावना न्यून यस मानेमा पनि छ की यि दुवै संसदमा समान हैसियतमा कायम रहनै सक्दैनन् । विसर्जनवादमा पतन भएका यिनीहरु बीचको अन्तरविरोध जनसंघर्ष विकासको निम्ति सकारात्मक योगदान गरिरहेको छ ।

अर्कोतर्फ काँग्रेसीहरुमा पनि विगतमा भन्दा नयाँ ढंगले अन्तरविरोध विकास भइरहेको छ । दरबारिया काँग्रेस, दिल्ली काँग्रेस र पश्चिमे काँग्रेसका बीच पाखुरा सुर्काइको स्थिति बनिरहेको छ ।
यिनीहरुको संसद सत्ता पक्ष र प्रतिपक्षको भूमिकामात्र सीमित छैन । सत्ता स्वार्थले विकास गरेका अन्तरविरोधले संसद बस्नै धौधौ बनिरहेको छ । बसिहाले पनि सुचारु हुन कठिन बनिरहेको छ ।
यतिमात्र हैन प्रतिगामी र यथास्थितिवादीका बीचको अन्तरविरोध पनि तीव्र बनिरहेको छ । सारतः प्रतिक्रियावादी राज्यसत्ता अन्तरविरोधहरुको दलदलमा फसेको छ ।

यि सवै पक्षहरुले जनसंघर्षको विकासको निम्ति वस्तुगत आधार तयार गरिरहेका छन् । तर पनि संघर्षहरु शिथिल छन् । यसको एउटै मात्र कारण हो क्रान्तिकारी शक्तिहरुको आत्मगत अवस्था कमजोर हुनु । यसको निम्ति विभिन्न समूहमा विभाजित संसदवादविरुद्ध संघर्ष गरिरहेका क्रान्तिकारी शक्तिहरुबीच संघर्षको निम्ति दिर्घकालिन चरित्रको संंयुक्त मोर्चा निर्माण गर्नु र शिथिल रहेको जनसंघर्षलाई गति दिनु अतिआवश्यक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *