रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना सुपर कप च्याम्पियन

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ५-२ गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई गोल गर्दा लामिने यामाल, रोबर्ट लेवान्डोस्की र एलेक्स बाल्डेले समान एक/एक गोल गरे । रियल म्याड्रिडको लागि किलियन एम्बाप्पे र रोड्रिगोले एक/एक गोल गरे ।

खेलको पाँचौ मिनेटमा भिनिसियसको एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा यामालले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए । ३६ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-१ गोलको अग्रता दिलाए ।

तीन मिनेटपछि कोउन्डेको पासमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अगाडि बढाएका थिए । इन्जुरी समयको दसौं मिनेटमा बाल्डेले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ५-१ गोलको अग्रता लिएको थियो ।

४८ औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-१ गोलको अग्रता दिलाए । ६० औं मिनेटमा रोड्रिगोले फ्रि-किकमा गोल गर्दै म्याड्रिडलाई ५-२ गोलको स्थितिमा ल्याएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ५-२ गोलले विजयी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *