नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुकी खेलतालिका सार्वजनिक गर्दै सिरिज हुने जानकारी दिएको हो ।

आगामी जनवरी ३० देखि हुने सिरिजमा घरेलु टोली नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डभिड्ने क्यानले जनाएको छ ।  फेब्रुअरी ७ सम्म  हुने सिरिजमा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्नेछन् । सबै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । नपाली महिला टोलीको नेदरल्याण्ड्ससँग पहिलो अनुभव हुनेछ।

पहिलो खेल जनवरी ३० मा आयोजक नेपाल र नेदरल्याण्ड्सबीच हुनेछ। दोस्रो खेल नेपालले ३१ जनवरीमा थाइल्याण्डसँग खेल्ने छ। फेब्रुअरी १ मा नेदरल्याण्ड्स र थाइल्याण्ड खेल्ने छन् ।

बाँकी खेलतालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *