नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलाको पुल भासिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँसिदा सडक अवरुद्ध भएको जानकारी दिएका छन् ।
उनले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए । भारतीय ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो । पुल भासिएसँगै पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ ।