किन उठ्छ प्रचण्ड र राजावादीबीच साँठगाँठको कुरा ?

ऋषि कट्टेल ।
राजा-दाहाल बीचको साँठगाँठको कुरा नयाँ भने हैन । जब माओवादी युद्ध सुरु भयो यसलाई तत्कालिन गृहमन्त्री रामचन्द्र पौडेलले निर्मल निवासवाट निर्देशित भने । युद्ध बढ्दै गएपछि सायद होलेरी आक्रमणपछि होला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाले सेना प्रयोग गर्ने आदेश राजासँग मागे । वीरेन्द्रले अनुमति दिएनन् । गिरिजाप्रसादले यसको निम्ति सशस्त्र प्रहरी बलनै गठन गरे । तर सेनाले त्यो बललाई आधुनिक हतियार दिन मानेन । यि घटनाहरुले माओवादी युद्ध दरवारको प्रायोजित हो भन्ने विश्लेषण हुन थाल्यो । सरकारले वार्ताको प्रस्ताव गर्दा नोकरसँग हैन मालिकसँग वार्ता गर्ने जवाफ फर्कायो । यसैबेला दाङको व्यारेकमा रहस्यात्मकढंगले हमला भयो र सबै हतियार लुटिए ।

यो विषय वाहिर मात्रै हैन माओवादी पार्टी भित्र पनि निकै उग्ररुपमा चर्कियो । बाबुराम दिल्लीवादी र दाहाल राजावादीकोरुपमा खुब भिडे । झण्डै बाबुराम मारिएनन् । यस विषयमा विवाद भएको कुरा शान्ति प्रक्रियामा आएपछि होटल हायात रिजेन्सीमा म सँगको भेटमा स्वयं दाहालले नै स्वीकारेका छन् । जहाँ वर्षमान पुन र बाबुरामसमेत थिए ।

युद्धकै बीचमा दरवार हत्याकाण्ड भयो । वीरेन्द्रको वंशनाशको कारणनै माओवादीसँगको उनको सापिप्यता हो भन्ने मानिसहरु पनि छन् । एकातिर चीनको बोआओ सम्मेलनमा सहभागी हुने अर्को तर्फ माओवादी विरुद्ध सेना परिचालन गर्न समेत नदिने कुराले वीरेन्द्र कम्बोडियाको बाटो जान लागेको ठहर गरेरनै उसको वंश नाश गरिएको भन्ने आशंका गर्ने कुरालाई असंगत भन्ने ठाँउपनि त्यति देखिँदैन । । अचेल पनि सिंहानुकको कुरा केही माओवादी नेताहरु उठाइरहन्छन् । वीरेन्द्रको वंशनाशपछि माओवादी भित्रको विवाद पनि सकियो र कोर्स पनि बदलिएको कुराले यसलाई पुष्टि गर्ने ठाँउ दिन्छ । यसपछि माओवादी भित्र दिल्लीवाद बलियो भयो ।

अहिले दाहाल सरकारबाट बाहिरिएपछि फेरि दाहाल दरवार साँठगाँठको कुरा जोडतोडले उठ्न थालेको छ । बाबुराम आफैंले पनि यो कुरा भन्न थालेका छन् । यो विषय उठ्नुको पछाडि केवल राजावादीसँगको भेटघाटको कारण मात्र हैन । ओलीको आरोपले मात्रपनि हैन । दाहाल आफैंले प्रतिपक्षको नेताको हैसियतमा संसदमा बोल्दा, जुनकुरा रेकर्डेड छ, आफू दायाँबायाँ जतापनि जान सक्ने उद्घोष गरेका छन् । दायाँ जाने कुरा भनेको के हो ? यसले प्रष्ट गर्दछ उनी सत्ताको लागि राजावादीसँग पनि मिल्न सक्दछन् । माओवादी केन्द्रका मान्छेहरु हामी जस्ता गणतन्त्र ल्याएकाहरुलाई राजावादी भन्ने ? भन्दै आक्रोश पोखिरहेका छन् । बाहिर आक्रोश पोख्नु भन्दा पहिला आफ्नो नेतालाई प्रश्न गर दायाँ जाने भनेको कता हो ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *