रियल म्याड्रिड सुपर कपको फाइनलमा, उपाधिको लागि बार्सिलोनासँग भिड्ने

एजेन्सी । रियल म्याड्रिड सुपर कोपा डी इस्पानाको फाइनलमा पुगेको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनल खेलमा माल्लोर्कालाई ३-० गोलले हराउँदै म्याड्रिडले फाइनलमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग भेट पक्का गरेको हो ।

किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन जुड बेल्लिन्घाम र रोद्रिगोले गोल गर्दा एक गोल उपहार पाएको हो । पहिलो हाफ होलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा बेल्लिन्घामले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।

इन्जुरी समयको तेस्रो मिनेटमा मार्टिन भाल्जेन्टले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि म्याड्रिडले अग्रता दोब्बर बनाएको थियो । दुई मिनेटपछि भास्क्वेजको पासमा रोद्रिगोले गोल गर्दै म्याड्रिडलाई ३-० गोलको जित दिलाएका हुन् ।

अब म्याड्रिडले आइतबार हुने फाइनल खेलमा बार्सिलोनाको सामना गर्नेछ । पहिलो सेमिफाइनल खेलमा एथ्लेटिक क्लबलाई २-० गोलले हराउँदै बार्सिलोना फाइनलमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *