इंग्लिस प्रिमियर लिगमा सिटी विजयी, चेल्सी रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर विजयी हुँदा चेल्सी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा  सिटीले वेस्ट हाम युनाइटेडलाई ४-१ गोलले हराएको हो ।

इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन इर्लिंङ ब्राउट हालान्डले दूई गोल गर्दा फिल फोडेनले एक गोल गरे । सिटीले एक गोल उपहार पाएको हो । वेस्ट हामको लागि निकलस फुल्क्रुगले एक गोल फर्काए ।

खेलको १० औं मिनेटमा भ्लाडिमीर कोउफलले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ५५ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० गोलको अग्रता दिलाए । ५८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई सहज जिततर्फ अगाडि बढाएका थिए ।

७१ औं मिनेटमा फुल्क्रुगले गोल गर्दै वेस्टहामलाई ४-१ गोलको स्थितिमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सिटी ४-१ गोलले विजयी भएको हो । जितसँगै सिटी २० खेलबाट ३४ अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । समान खेलबाट २३ अंक जोडेको वेस्टहाम १३ औं स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा ब्रिघटन आर्सनलले १-१ गोलको बराबरी खेलेका हुन् । आर्सनलको लागि इथान न्वानेरीले एक गोल गर्दा ब्रिघटनको लागि जोए पेड्रोले एक गोल फर्काए ।

बराबरीसँगै आर्सनल २० खेलबाट ४० अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट २८ अंक जोडेको ब्रिघटन दसौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *