काठमाडौं । एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबले फराकिलो जित निकालेको छ । शनिबार दिउँसो भएको खेलमा बागमती युथ क्लबलाई ५-१ गोलले हराउँदै एपीएफले लिगको अन्तिम चरणमा विजयी शुरुवात गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई जित दिलौं रश्मी कुमारी घिसिङले ह्याट्रिक पूरा गर्दा गीता राना र सविता राना मगरले समान एक/एक गोल गरिन् । बागमतीको लागि पुष्पा कुमारी खड्काले सान्तवना गोल गरिन् ।
जितसँगै एपीएफले तीन अंक जोडेको छ । अब भोली हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।