कस्तो हुनुपर्छ निजामती सेवा विधेयक ?

सुमना श्रेष्ठ ।
कर्मचारीहरूमा राम्रो काम गर्नेले प्रोत्साहन पाउनुपर्छ भने नजानेर काम बिगार्नेले तालिम र सीमित मौका । नियत नै ठिक छैन भने दण्डित हुनुपर्छ । सबैलाई थाहा भएको कुरा हो, सबैले भन्ने नि यही नै हो । यद्यपि नराम्रो काम र नराम्रो नियत छुट्ट्याउन गाह्रो हुन सक्छ, धेरैले फरक गर्न खोज्दैनन्, तर गर्नुपर्छ । आफैंले गर्नुपर्ने कामको लागि समेत थप आर्थिक लाभ खोज्नु सरासर भ्रष्टाचार हो, दण्डित हुनैपर्छ ।

निजामती कर्मचारी विधेयकमा ठूलोठूलो कुरा गरिएको छ, विचार पनि ठूलाठूला नै छन् । तर खास गर्नुपर्ने काम चाहिँ, Personnel Information System (PIS) अर्थात् कर्मचारीहरूको सूचना प्रणालीमा व्यापक सुधार ल्याउन पर्ने हो । कुन विभागमा काम गर्यो भन्ने मात्रै हैन, के कस्तो तालिम लिएका छन्, कार्यक्षमता के कस्तो छ, सुक्ष्म विश्लेषण गर्ने क्षमता कस्तो छ, स्वविवेकमा शक्ति प्रयोग कस्तो गरेको छ, र विभागीय कारबाही के कस्तो सिफारिस भएको छ भन्ने कुरा पनि रेकर्डमा राख्नु गर्नुपर्ने प्रणालीले हो ।

अहिले त विभागीय कारवाही गरौँ भन्दा सचिव आत्तिनु पर्ने अवस्था छ, मलाई चिनेकोछस् भनेर सचिवको कार्यालय घेराउ गर्ने, कालोमोसो दलिदिने अवस्था छ। यस्तो कुरा स्वचालित प्रविधिबाट गरिनुपर्छ ताकि कसैलाई पनि कुनै शक्ति केन्द्रको बलमा धम्क्याउन नसकियोस् । अबको निजामती कर्मचारी विधेयकले मिहिन तरिकाले समस्या केलाओस्, जहिले सुन्दा सही सुनिने कुरा भनिराख्ने तर भनेर परिणाम नआउने काम बन्द होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *