३२ वर्षे उमेरहद एउटा ऐतिहासिक परिघटना हो

हिमाल शर्मा ।
उमेरहद संगठन भित्र कसैको जितहार हुदै होइन बरु राजनीति बृतमा नयाँ मुद्दा स्थापित गराएको मात्र हो ।
अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनभित्र ३२ वर्षे उमेरहद कायम गरेको छ । विद्यार्थी आन्दोलनमा यो एउटा ऐतिहासिक परिघटना हो । संगठनभित्र कसैको हारजित होइन । यस घटनाले हाम्रो पार्टीलगायत राजनीतिक वृत्तमा एउटा नयाँ तरंग ल्याएको छ । अन्य विद्यार्थी संगठनहरुलाई समेत दवावमा परिरहेको छ । नेविसंघमा नेपाली कांग्रेस पार्टीले माथिबाट लादिएको उमेरहद यतिबेला हटाउने प्रयास भैरहँदा क्रान्तिकारीको यस निर्णयपछि अफ्ठेरोमा पारेको छ ।

हदवन्दी उमेर मुनीका साथीहरु,
सबैले बुझ्नु पर्नेकुरा यो छ की तिनै ३२ वर्ष उमेर काटेका संगठनको नेतृत्व तहमा बस्ने लिडरहरुले राष्ट्रिय सम्मेलनमा उमेरहदको एजेन्डालाई विधिवत प्रस्तुत गरेका थिए र त यो प्रकृया सम्भव भएको हो ।

उमेरहदका कारण विदा हुने साथीहरु,

२०८१ पौष १३ गतेको निर्वाचनको गोप्य मतदानको प्रकृयावाट यो एजेण्डाको टुंगो लागेको छ । ३२ वर्ष पुरा हुने जो तपाईं नेताहरु हुनुहुन्छ तपाईंको ईच्छा विद्यार्थीको बीचवाट आफूलाई परिक्षित हुने मौका गुम्यो भन्ने कुरा मनमा पक्कै पनि छ । त्यो कुरा एक हिसावले जायज नै छ । तर एउटा विधि अगाडि बढिसकेकोले तपाईंहरु यसमा अल्झिनु भन्दा बरु एक कदम अगाडि बढेर यसको सम्पुर्ण ओनरसिप लिनु उपयुक्त हुन्छ ।
पार्टी भित्र नविनतम बहस पैरवी गरेर नीति निर्माण तहमा युवाहरुलाई मौका दिनु पर्छ भन्ने एजेण्डा स्थापित गराउन तपाईंहरुसँग उच्चतम नैतिक हैसियत रहन्छ । ईतिहास र घटनाक्रमले योकुरा तपाईंलाई सुम्पेको छ ।
जहाँसम्म तपाईंहरुको जिम्मेवारीको प्रश्न छ । आगामी पौष २१ गतेदेखि शुरुहुने पार्टीको केन्द्रीय समितिको बैठकमा एउटा एजेन्डा बन्ने छ । तपाईंहरुलाई पार्टीले उचित र महत्वपूर्ण जिम्मेवारी सुम्पनेछ भन्ने मलाई विश्वास छ ।

सम्मेलनको अर्को महत्वपूर्ण काम बाँकी छ त्यो हो नेतृत्व निर्माणको । माघ १२ गते निर्वाचनबाट आएको कमिटीलाई हस्तान्तरण गर्नु तपाईंहरुकै जिम्मेवारी हो । यति मात्र होइन आगामी फागुन १५ गते हुने स्ववियुको निर्वाचनमा नयाँ टिमलाई सहजिकरण गरेर सफल तुल्याईदिने कुरा तपाईंहरुकै कर्तव्य बन्न पुग्दछ ।

अन्त्यमा ,
माघमा १२ पछि नेतृत्वमा आउने नयाँपुस्ता तपाईंहरु धेरै नमात्तिनुहोला । यो बोनसमा पाएको अधिकार पक्कै होइन बरु लामो समयदेखि चलेको बहसलाई वर्तमान नेतृत्वले विधिसम्मत हिसावले संस्थागत गराईदिएको कुरा कहिलै नभुल्नु होला । तपाईंहरुको अब परीक्षा शुरु भएको छ बैचारिक र सांगठनिक हिसावले विध्यार्थी आन्दोलनलाई सही बाटोमा डोर्याउनुहोस् ।

आशा छ तपाईं जुझारु युवाहरुले कुशल नेतृत्व प्रस्तुत गरेर यस परिघटनालाई सार्थक तुल्यादिनु हुनेछ भन्ने विश्वास लिएको छु । शहिदको बलिदान, अग्रज र तपाईहरुका निवर्तमान सिनियर जो उमेरको प्राविधिक कारणले विदा लिदै हुनुहुन्छ, उहाँहरुको सकरात्मक स्प्रिटलाई फलो गर्नुहोला र कमीकमजोरीबाट शिक्षा लिनुहोला । कलम र तारा अंकित रक्तरंजित झण्डालाई दह्रोसँग समात्नुहोला । कदापी झुक्न नदिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *