इस्तानबुल । टर्कीको उत्तरपश्चिममा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले बताएका छन् । साथै अन्य तीन जना घाइते भएका छन् ।
इस्माइल उस्ताओग्लुले भने, ‘प्रारम्भिक जानकारी अनुसार बालिकेसिरको कारेसी जिल्लामा भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ ।’
फुटेजमा प्लान्ट बाहिर छरिएका काँच र धातुका टुक्राहरू देखाइएको थियो । गभर्नरले विस्फोट बिहान ८ः२५ बजे प्लान्टको एक भागमा भएको बताए, जसले गर्दा भवनको केही भाग ध्वस्त भएको थियो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।