श्रीलङ्काद्वारा विद्युतीय, मेकानिकल उद्योगहरूलाई प्राथमिकता

कोलम्बो । श्रीलङ्काको औद्योगिक विकास बोर्ड (आईडीबी) ले भविष्यमा नयाँ उद्योगहरूको लागि जग्गा आवंटन गर्दा विद्युतीय, इलेक्ट्रोनिक र मेकानिकल क्षेत्रहरूलाई प्राथमिकता दिने योजना बनाएको आइडीबीका अध्यक्ष रवि निसान्काले बताएका छन् ।

उनले भने,’आईडीबीले भर्खरै सुरु गरेको पहलमार्फत व्यापार प्रस्तावहरू सङ्कलन गरिरहेको छ । बोर्डले सबैभन्दा आशाजनक प्रस्तावहरूलाई जग्गा बाँडफाँट गर्ने कार्ययोजना विकास गर्न चाहन्छ ।’

विद्युतीय, इलेक्ट्रोनिक र मेकानिकल क्षेत्रका आयोजनालाई प्राथमिकता दिइने भएकाले यी उद्योगहरू छिट्टै सञ्चालनमा ल्याई देशलाई तत्काल आर्थिक लाभ हुने अपेक्षा गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *