एथ्लेटिको म्याड्रिडसँग बार्सिलोनाको हार

एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिकोसँग २-१ गोलले पराजित गरेको हो ।

इस्टाडी ओलम्पिक लुइस कोम्पानिसमा भएको खेलमा एथ्लेटिकोलाई जित दिलाउन रोद्रिगो डे पाउल र एलेक्सान्दर सोर्लोथले समान एक/एक गोल गरे । बार्सिलोनाको लागि पेड्रीले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना पराजित हुन पुगेको हो ।

खेलको ३० औं मिनेटमा गाभीको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ६० औं मिनेटमा डे पाउलले गोल गर्दै एथ्लेटिकोलाई १-१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ लम्किएको खेलको इन्जुरी समयको छैटौं मिनेटमा सोर्लोथले गोल गर्दै एथ्लेटिकोलाई जित दिलाएका हुन् ।

जितसँगै एथ्लेटिको १८ खेलबाट ४१ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । एक खेल बढी खेलेको बार्सिलोना ३८ अंकको साथ दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *