काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा सुदूरपश्चिम रोयल्सका मार्की प्लेयर तथा कप्तान दीपेन्द्र सिंह ऐरीले ओमोडा कार जितेका छन् । लिगमा बलिङ, ब्याटिङ र फिल्डिङ तीनवटै पक्षमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रलाई उक्त कार प्रदान गरिएको हो ।
नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार दिने बताइएको थियो ।
नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिएको कारको नेपाली बजारमा ६१ लाख ९९ हजार रुपैयाँ मुल्य रहेको छ ।
यस्तै जनकपुर बोल्ट्सका स्पिनर ललित राजवंशीले अल्ट्रा भाइलेट मोडेल म्याक एफ ७७ बाइक जितेका छन् । उनले प्रतियोगितामा सर्वाधिक १४ विकेट लिएका थिए । उनीसँगै सुदूरपश्चिमका स्कट कुग्गेलेजनलेपनि १४ विकेट लिएपनि ललितलाई उत्कृष्ट इकोनोमी र एभरेजको आधारमा बाइक दिइएको हो ।