एनपीएलको फाइनलमा सुदूरपश्चिमद्वारा जनकपुरलाई विशाल विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले जनकपुरलाई जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो । सुदूरपश्चिमको लागि ओपर सैफ जैबले सर्वाधिक ६९ रन बनाए । उनले ४३ बलमा ८ चौका र २ छक्का हिर्काए । विनोद भण्डारीले ३१ बलमा ३ चौका र एक छक्काको मद्दतमा ४१ रन प्रहार गरे । यस्तै हर्मित सिंह र ब्रान्डोन म्याकमुलेनले समान १४/१४ रन बनाउँदा स्कट कुग्गेलेजनले समान १३/१३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

जनकपुरको लागि किशोर महतो र मोहम्मद मोहसिनले समान तीन/तीन विकेट लिँदा जेम्स नशाम र ललित राजवंशीले एक/एक विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *