नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा माइक्रोबस र ट्रक आपसमा ठोक्किँदा २२ जना घाइते भएका छन् ।
शुक्रबार साँझ सुनवल नगरपालिका–७ अलकत्रे डाँडामा माइक्रोबस र ट्रक आपसमा ठोक्किँदा २२ जना घाइते भएका हुन् । बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रोबस ट्रकसँग ठोक्किएको हो । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि रुपन्देहीको भलुहीस्थित देवदह मेडिकल कलेज लगिएको बताइएको छ ।