हिरासतभित्रको रविको तस्बिर सार्वजनिक गर्नेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेमाथि कारबाही गर्न निर्देशन दिएका छन् ।

बिहीबार प्रहरी प्रमुख वसन्त कुँवरलाई गृहमन्त्री लेखकले यस विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

बुधबार रास्वपाका कार्यकर्ताले सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेपछि गृहमन्त्रीले यसबारेमा चासो राखेका हुन् । उक्त तस्बिर रास्वपाका समर्थक डा. निकोलस भूसालले आफूले खिचेको र सार्वजनिक गर्नु गलत भएको भन्दै माफी मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *