सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उदाएकाहरू विस्थापित हुने बाटोमाः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसैको दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएका बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै सामाजिक संजालमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘सोसल मिडियाको स्टन्ट र प्रपोगण्डावाट राजनीतिमा उदायकाहरु त्यसकै चरम दुरुपयोगवाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन् । अति सर्वत्र वर्जयेत् ।’

रास्वपाका सभापति रवि लामिछानेको हिरासतमा सुतेको तस्बिर सार्वजनिक भएपछि रास्वपाका कार्यकर्ताले सरकारको विरोध गरेका थिए । यसै सन्दर्भमा महासचिव पोखरेलेको यस्तो टिप्पणी आएको हो । तर उक्त तस्बिर रास्वपाका समर्थक डा निकोलस भुसालले खिचेको स्वीकार गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *