एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडले फिफा इनत्र कन्टिनेसनल कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा पाचुकालाई ३-० गोलले हराउँदै म्याड्रिडले उपाधि जितेको हो ।
कतारको लुसियाल स्टेडियममा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पे, रोद्रिगो र भिनिसियस जुनियरले समान एक/एक गोल गरे । खेलको ३७ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
५३ औं मिनेटमा रोद्रिगोले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । यस्तै ८४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै म्याड्रिडलाई ३-० गोलको जित दिलाएका हुन् ।
यससँगै म्याड्रिडले २०२४ मा पाँच वटा उपाधि जितेको छ । रियल म्याड्रिड युरोपियन च्याम्पियन र पाचुका दक्षिण अमेरिकी च्याम्पियनको रुपमा कपको लागि भिडेका हुन् ।