सर्वोच्चद्वारा एमालेको जग्गा विवादसम्बन्धी रिट खारेज, मीनबहादुरको जग्गामा पार्टी कार्यालय बनाउने बाटो खुल्यो

काठमाडौं । भाटभटेनीका संचालक मीनबहादुर गुरुङले दिएको जग्गामा नेकपा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुलेको छ ।

गुरुङबाट एमालेले जग्गा दानमा लिनु गैरकानूनी रहेको दाबी गर्दै सर्वोच्च अदालतमा परेको रिट सोमबार खारेज भएको छ । न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज गरेको हो ।

रिट खारेज भएसँगै एमालेलाई कार्यालय बनाउने बाटो खुलेको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत तीन जनाले गुरुङबाट दिएको जग्गामा पार्टी कार्यालय बनाउनु गैरकानुनी भन्दै रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *