एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको ‘म्यानचेस्टर डर्बी’मा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले सिटीमाथि २-१ गोलको पुनरागमन जित निकालेको हो ।
इतिहाद स्टेडियममा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र अमाड डिएल्लोले समान एक/एक गोल गरे । सिटीको लागि जोसको ग्भार्डियोलले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा सिटी पराजित हुन पुगेको हो । खेलको ३६ औं मिनेटमा ग्भार्डियोलले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
८८ औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलिई १-१ गोलको बराबरीमा ल्याए । यस्तै ९० औं मिनेटमा डिएल्लोले गोल गर्दै युनाइटेडलाई २-१ गोलको पुनरागमन जित दिलाएका हुन् ।
जितसँगै युनाइटेड १६ खेलबाट २२ अंक जोड्दै लिगको १३ औं स्थानमा रहेको छ भने समान खेलबाट २७ अंक जोडेको सिटी पाचौं स्थानमा रहेको छ ।