‘कोशी टप्पुको संवर्द्धन र प्रवर्द्धन सबै सक्रिय हुनुपर्छ’

इनरुवा । पूर्वसूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशी टप्पु वन्यजन्तु आरक्षको संरक्षण र प्रवर्द्धनमा सबै सक्रिय रहनुपर्ने बताएका छन् ।

आइतबार कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको हात्तीको सफारी गर्दै उनले कोशी टप्पुलाई उत्कृष्ट पर्यटकीयस्थलका रूपमा निर्माण गर्नुपर्नेमा जोड दिए ।

‘पूर्वको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको कोशी टप्पुको विकास र विस्तारमा मेरो ध्यान सधैँ गइरहेको छ । यस क्षेत्रको विकास र विस्तारसँगै आर्थिक, समाजिक फाइदा हुने भएकाले त्यसतर्फ सबैले ध्यान केन्द्रित गर्न आवश्यक छ’, उनले भने ।

पूर्वमन्त्री कार्कीसँगै कोशी प्रदेशका पर्यटन वन तथा वतावरणमन्त्री सदानन्द मण्डलसमेत सहभागी भएका थिए । दुवैजनाले आरक्षमा रहेको हात्तीमा सफारी गर्दै आरक्षभित्रका विभिन्न ठाउँको अवलोकन तथा भ्रमणसमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *