बार्सिलोनाको लगातार पाचौं जित, सिटी पराजित

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा क्याटलान क्लब बार्सिलोनाले लगातार पाचौं जित निकाल्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले डर्टमण्डलाई ३-२ गोलले हराएको हो ।

सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गर्दा राफिन्हाले एक गोल गरे । डर्टमण्डको लागि सेर्होउ गुइरासीले दुई गोल गरे । पहिलोहाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ६० औं मिनेटमा गुइरासीले गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा ल्याए ।

७५ औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ७८ औं मिनेटमा गुइरासीले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई २-२ गोलको बराबरीमा ल्याएका थिए । ८५ औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन् ।

जितसँगै बार्सिलोना ६ खेलबाट १५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेलबाट १२ अंक जोडेको डर्टमण्ड नवौं स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको खेलमा सिटी युभेन्टससँग २-० गोलले पराजित भएको हो । एल्लिनाज स्टेडियमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन डुसान भ्लाहोभिक र वेस्टन मिकेन्नीले समान एक/एक गोल गरे ।

जितसँगै युभेन्टस ६ खेलबाट ११ अंक जोड्दै तालिकाको १४ स्थानमा उक्लिदा समान खेलबाट ८ अंक जोडेको सिटी २२ औं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *