काठमाडौं । भारतीय चर्चित ब्याट्सम्यान शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् । फ्रेन्चाइज टोली कर्णाली याक्सबाट लिग खेल्न धवन शुक्रबार बेलुकी नेपाल आइपुगेका हुन् ।
उनलाई कर्णाली याक्स टिमका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चे बाजासहित भव्य स्वागत गरेका हुन् ।
एनपीएल खेल्ने धवन सबैभन्दा चर्चित खेलाडी हुन् । यसअघि भारतको चर्चित इन्डियन प्रिमियार लिग खलिसकेका धवन पहिलोपटक नेपाल आएका हुन् । उनले टी-२० मा ३ सय ३४ खेल खेल्दै ९ हजार ७ सय ९७ रन बनाएका हुन् । त्यसक्रममा उनले २ सतक र ७० अर्धसतक हिर्काएका छन् ।
धवन आइपीएलमा लगातार दोस्रो सतक पूरा गर्ने पहिलो खेलाडी हुन् । यस्तै सन् २०१६ मा सनराइजर्स हैदराबादबाट आईपीएल जितेका धवनको नाममा प्रतियोगिताको इतिहासमा सबैभन्दा धेरै चौका हान्ने कीर्तिमानपनि रहेको छ ।