काठमाडौँ । सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. सुरेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई प्रमुख आयुक्तमा नियुक्त गर्ने निर्णय गरको हो ।
त्यस्तै बैठकले सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिफारिस समितिले कात्तिक २९ गते उनीहरूलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।