दाहालको ‘चाइना कार्ड’

ऋषि कट्टेल ।

पुष्पकमल दहाल प्रचण्डले ओली सरकार गठनदेखिनै केही गम्भीर आरोप लगाएका छन् र केही धम्की दिएका छन् । ति केही यस्ता छन् । १) यो सरकार माफियाहरुको योजनामा बनेको हो । २) आफूलाई हसिनालाई हटाउने शक्तिले हटायो । ३) अब यो देश वंगलादेशको बाटोमा जान्छ । ४) हामीले बन्दुक बिसाएका मात्र हौं छाडेका छैनौं । ५) यो सरकारले एसपीपी पास गर्दैछ । ६) जनताले सिंहदरबार र बालुवाटार घेर्ने दिन धेरै टाढा छैनन् । ७) ओलीले हालै गर्न लागेको चीन भ्रमण भारतविरुद्धको चाइना कार्ड हो, आदि आदि ।

देशको तीन तीन पटक प्रधानमन्त्री भएका र युद्धबाट शान्ति प्रक्रियामा आएको नेताबाट अभिव्यक्त यस्ता विचारहरुलाई गम्भीरताकासाथ लिनुपर्दछ । यी मध्ये केही अभिव्यक्तिहरु अतिगम्भीर छन् । यो सरकार सिधै भाषामा भन्दा अमेरिकन योजनामा बनेको हो । यसले एसपीपी पास गर्दछ । यसको मतलव के निस्कन्छ भने दाहालको सरकार मोदीवाला थियो अहिलेको सरकार ट्रम्पवाला हो । हामी जस्ता विरोधीले त यो सत्ता माफियाहरुको संयुक्त मोर्चा हो र यो इण्डो–अमेरिकी डिजाइनमा बनेको कुरा भन्दै आएका थियौं । अहिले दाहालको अभिव्यक्तिले यसको पुष्टि गरेको छ ।

दोस्रो अत्यन्त गम्भीर कुरा आफूले हतियार बिसाएको हो, छोडेको छैन । यदि यसो हो भने दाहालले नेपाली जनतालाई भन्नुपर्यो शान्ति प्रक्रिया युद्धविराम मात्र थियो अब भंग भयो । शान्ति प्रक्रियाको अर्को सत्तापक्ष सत्ताले पनि युद्धविराम भंग भएको हो वा हैन जवाफ दिनुपर्यो।

तेस्रो गम्भीर कुरा प्रधानमन्त्रीले गर्न लागेको चीन भ्रमणलाई दाहालले ओलीले चाइना कार्डको रुपमा प्रयोग गरेको भन्ने गम्भीर आरोप लगाएका छन् । यो राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता माथिको ठाडो हमला हो । नेपालको प्रधानमन्त्रीले कुन देशको भ्रमण गर्दछ उसको निर्णको कुरा हो । कुनै विदेशीसँग अनुमति लिनु पर्ने विषय हैन । के दाहाल चाइना कार्डको हौवा देखाएर भारतलाई नेपालमा हस्तक्षेप गर्न उचालीरहेछन् ? या हस्तक्षेपमार्फत ओली सरकार गिराउन प्रलाप र याचना गरिरहेका छन् ? गम्भीर प्रश्न खडा भएको छ । स्मरणहोस् लुटतन्त्रका मतियारहरुलाई नेपाली जनताले लखेट्नेछन्, भारतीय दलालहरुले हैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *