-विजयकुमार पाण्डे
२०४८ सालयता हिसाब गर्ने हो भने, धेरै मान्छे सभामुखको कुर्सीमा बसे । तर दमननाथ ढुंगाना सभामुखको कुर्सीमा विराजमान हुँदा सत्तापक्ष/प्रतिपक्ष र आमजनता सबैलाई महसुस हुन्थ्यो–सभामुखको आसनमा जो मान्छे बसेको छ, ऊ साच्चिकै सभामुख हो । र, ऊ एक इमान्दार मानिस हो ।
होचा कदका सभामुख दमननाथ ढुंगाना अग्ला कदका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग कहिल्यै डोमिनेट भएनन् । सायद किशुनजी झैं एकपल्टबाहेक कहिल्यै सांसद चुनाव जितेनन् ।तर, जबजब म संसद भवनमा सभामुखको आसन देख्छु, सोच्छु, त्यो आसनमा कुनैदिन दमननाथ ढुंगाना जस्ता मान्छे पनि बस्थ्यो, जसले सत्ता र प्रतिपक्षबिच धेरै विभेद गर्दैनथ्यो ।
दमननाथ ढुंगानाले नेपालको सभामुख पदका लागि राखेको मानक, सबै सभामुखहरुका लागि प्रेरणा पनि हो, चुनौती पनि हो । प्रजातान्त्रिक आन्दोलनका योद्धा, संवैधानिक कानुनका प्रकाण्ड ज्ञाता, शानदार सभामुख आदरणीय दमनाथ ढुङ्गाना– हामी हजुरलाई आजन्म याद राख्ने छौं । आदरणीय भाउजु, लेखिका भुपा दी ( भुवन ढुंगाना) नीतिका र सम्पूर्ण परिवारमा, हाम्रो परिवार सबैकोतर्फबाट हार्दिक समवेदना । धेरै सम्झना जोडिएका छन् , के लेखौं, के नलेखौं !
अलविदा दमन दाइ !