काठमाडौं। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको उपाधि जित्दै पहिलो पटक यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको नेपाली मिहिला टोलीलाई भव्य स्वागत गरिएको छ । बिहीबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का पदाधिकारी लगायतले महिला टोलीलाई स्वागत गरेका हुन् ।
दुबईमा भएको एसिया छनोटको अन्तिम खेलमा बुधबार घरेलु टोली युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको थियो । यस्तै नेपाल आगामी डिसेम्बरमा मलेसियामा हुने एसीसी यू-१९ महिला एसिया कपका लागि समेत छनोट भएको छ । प्रतियोगितामा नेपालले समूह चरणना भारत र पाकिस्तानसँग खेल्नेछ ।
यस्तै विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । विश्वकपमा नेपालले टेस्ट राष्ट्र अष्ट्रेलिया र बंगलादेशसहित स्कटल्याण्डसँग खेल्नेछ ।