कोशी प्रदेशसभाले दियो पूर्वमन्त्री अधिकारी पक्राउ परेको जानकारी

विराटनगर । कोशी प्रदेशसभाले पूर्वमन्त्री एवं सांसद लिलाबल्लभ अधिकारी प्रहरीले पक्राउ गरेको जानकारी गराएको छ ।

सोमबार प्रदेशसभाका कार्यबाहक सचिव गौतमराज अमात्यले सूचना प्रकाशित गरी सांसद अधिकारी पक्राउ परेको जानकारी गराएका हुन् ।

सांसद अधिकारीलाई आइतबार प्रहरीले विराटनगरमा पक्राउ गरेर काठमाडौं पठाएको थियो । मानव तस्करी अभियोगमा मुछिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *