काठमाडौं । जापान मानव तस्करी गरेको आरोपमा आइतबार पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई अदालतले दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको हो ।
आइतबार बिहान विराटनगरबाट पक्राउ परेका अधिकारीलाई दिउँसो प्रहरीले काठमाडौं ल्याएको थियो । अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको छ । घटना सार्वजनिक भएपछि अधिकारीले राजीनामा दिइसकेका छन् भने पार्टीले पनि उनलाई निलम्बन गरिसकेको छ ।
यो पनि
मानव तस्करीको आरोपमा विराटनगरमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो