एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातर दोस्रो हार बेहोरेको छ । शनिबार राति भएको खेलमा सिटी ब्रिघटनसँग २-१ गोलले पराजित भएको हो ।
अमेरिकन एक्प्रेस स्टेडियममा भएको खेलमा ब्रिघटनलाई जित दिलाउन जोए पेड्रो र म्याथेउ ओरिलेले समान एक/एक गोल गरे । सिटीको लागि इर्लिंग ब्राउट हालान्डले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा सिटी पराजित हुन पुगेको हो । खेलको २३ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
७८ औं मिनेटमा पेड्रोले गोल गर्दै ब्रिघटनलाई १-१ गोलको बराबरीमा ल्याए । ८३ औं मिनेटमा ओरिलेले गोल गर्दै घरेलु टोलीलाई २-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा ब्रिघटन २-१ गोलले विजयी भएको हो ।
जितसँगै ब्रिघटन ११ खेलबाट १९ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट २३ अंक जोडेको सिटी दोस्रो स्थानमा यथावत छ ।