यु-१९ एसिया कपको लागि नेपाली टोलीको घोषणा

काठमाडौं । एसीसी यु-१९ एसिया कपको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान धामीसहित अर्जुन कुमाल(उपकप्तान), आकाश त्रिपाठी, उत्तम रान्गु थापा मगर, मायन यादव, नरेन साउद, युनिष विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, राजेश यादव, दयान्द मण्डल, अप्रजित पौडेल, अभिषेक तिवारी, दिल्शद अली र रञ्‍जित कुमार रहेका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन् । नेपालले पहिलो खेल मङ्सिर १४ गते श्रीलंकासँग खेल्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशसँग र अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

युएईमा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मंसिर २३ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *