काठमाडौं । एसीसी यु-१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको हो ।
यस्तै नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशसँग र अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तान खेल्नेछ ।
युएईमा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मंसिर २३ गते हुनेछ ।