चीनको कुनमिङबाट क्रसकन्ट्री दौडमा भाग लिने खेलाडी लिएर पोखरा आयो सिचुवान एयरको जहाज

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दोश्रोपटक अन्तर्राष्ट्रिय उडान भएको छ । बिहीबार दिउँसो चीनको कुनमिङ विमानस्थलबाट १२० यात्रु लिएर आएको सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरामा अवतरण गरेको थियो ।

चीनको सिचुवान एयरलाइन्सले गत वर्षको असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसको १७ महिनापछि बिहीबार सिचुवानले नै पोखरामा दोश्रो अन्तर्राष्ट्रिय उडान गरेको हो ।

जहाजमा पोखरामा हुन लागेको तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताका लागि चिनियाँ खेलाडी, दर्शक र अन्य प्रतिनिधिहरू आएका हुन् ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सन्चालनमा आएपनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान भने भएका छैनन् ।

_cuva

Leave a Reply

Your email address will not be published. Required fields are marked *