एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब आर्सनल र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) पराजित भएका छन् । बुधबार राति भएको खेलमा आर्सनल इन्टर मिलानसँग १-० गोलले पराजित भएको हो ।
सान सिरोमा भएको खेलमा इन्टर मिलानलाई जित दिलाउन हाकन काल्हानोग्लुले निर्णायक गरे । पहिलो हाफको इन्जुरी समयमा काल्हानोग्लुले गरेको गोलनै इन्टरको जितमा निर्णायक बन्यो ।
जितसँगै इन्टर मिलान ४ खेलबाट १० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक जोडेको आर्सनल १२ औं स्थानमा रहेको छ ।
यस्तै गएरातिनै घरेलु मैदानमा भएको अर्को खेलमा पीएसजी एथ्लेटिको म्याड्रिडसँग २-१ गोलले पराजित भएको हो । एथ्लेटिकोलाई जित दिलाउन नाहुएल मोलिना र एन्जल कोरेराले सामना एक/एक गोल गरे । पीएसजीको लागि वारेन जारे-इम्रीले एक गोल गरे ।
जितसँगै एथ्लेटिको म्याड्रिड ४ खेलबाट ६ अंक जोड्दै तालिकाको २३ औं स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको पीएसजी २५ औं स्थानमा रहेको छ ।