च्याम्पियन्स लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी पराजित

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा साविक विजेता रियल म्याड्रिड र म्यानचेस्टर सिटी पराजित भएका छन् । मंगलबार राति भएको खेलमा एसी मिलानले म्याड्रिडलाई ३-१ गोलले हराएको हो ।

इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा मिलानलाई जित दिलाउन मालिक थाइव, अल्भारो मोराटा र तिज्जानी रेइज्नदर्सले समान एक/एक गोल गरे । म्याड्रिडको लागि भिनिसियस जुनियरले एक गोल फर्काए । खेलको १२ औं मिनेटमा थाईवले गोल गर्दै मिलानलाई शुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए ।

३९ औं मिनेटमा मोराटाले गोल गर्दै मिलानलाई २-१ गोलको  अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा रेइजन्डेर्सले गोल गर्दै म्याड्रिडलाई ३-१ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा मिलान ३-१ गोलले विजयी भएको हो ।

जितसँगै मिलान ४ खेलबाट ६ अंक जोड्दै तालिकाको १८ औं स्थानमा उक्लिदा समान अंक जोडेको म्याड्रिड १७ औं स्थानमा रहेको छ ।

यस्तै गएराति भएको अर्को खेलमा स्पोर्टि सिपीले म्यानचेस्टर सिटीलाई ४-१ गोलले हराएको हो । स्पोर्टी लाई जित दिलाउन भिक्टोर ग्योकेरेसले ह्याट्रिक पूरा गर्दा माक्सिमिलानो अरौजोले एक गोल गरे । सिटीको लागि फिल फोडेनले एक गोल गरे ।

जितसँगै स्पोर्टि ४ खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ७ अंक जोडेको सिटी छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *