त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलीको घोषणा

काठमाडौं । अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम शार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह एरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । यस्तै रिजर्भमा देभ खनाल र सागर ढकाल रहेका छन् ।

नेपालले भोली घरेलु टोली अमेरिकासँग खेल्दै सिरिजको शुरुवात गर्दैछ । यस्तै २९ अक्टोबरमा स्कटल्याण्ड, २ नोभेम्बरमा अमेरिका र ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *