गाजा र लेबनानमा ‘युद्ध अन्त्य’ गर्न पेजेश्कियानको ब्रिक्स सदस्यहरूलाई आग्रह

 

कजान । इरानका राष्ट्रपति मसुद पेजेश्किअनले बुधबार ब्रिक्स समूहका सदस्यहरूलाई गाजा र लेबनानमा ‘युद्ध अन्त्य’ गर्न मद्दत गर्न आग्रह गरेका छन् ।

“म प्रभावशाली ब्रिक्स समूहका सबै सदस्यलाई गाजा र लेबनानमा युद्ध अन्त्य गर्न आफ्ना सामूहिक र व्यक्तिगत क्षमताहरू प्रयोग गर्न आह्वान गर्दछु”, रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सम्बोधन गर्दै उनले भने ।

आफ्नो भाषणमा उनले इजरायलविरुद्ध गाजा र लेबनानमा भइरहेका सङ्घर्षहरूलाई ‘सबैभन्दा क्रूर र पीडादायी’ भनेर वर्णन गरे ।

इरान यस वर्ष औपचारिक रूपमा ब्रिक्स समूहमा सामेल भएको छ । ब्रिक्सको नाम २००९ मा सामेल भएका पाँच सदस्यहरू – ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको प्रारम्भिक अक्षरहरूबाट लिइएको हो ।

पेजेश्कियाननको टिप्पणी लेबनान र गाजामा युद्धविराम र सङ्घर्षहरूलाई नियन्त्रण गर्ने तरिकाहरूका लागि इरानले कूटनीतिक प्रयासहरू तीव्र पारेको बेला आएको हो ।

इरान आफैँ अक्टोबर १ मा इजरायलमाथि करिब दुई सय वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलको प्रतिशोधात्मक आक्रमणको प्रतीक्षामा छ ।

उक्त आक्रमण विभिन्न इरान समर्थित लडाकू नेताहरू र एक रिभोल्युसनरी गार्ड्स कमान्डरको हत्याको प्रतिशोधमा थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *