यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आईसीसी यु-१९ टी-२० विश्वकप एसिया छनोटको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार पुजा महतोको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

छनोटमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई प्रतिस्पर्धा गर्दैछ । छनोटमा शिर्ष स्थानमा रहने टोली विश्वकपमा छनोट हुनेछ ।  छनोट आगामी नोभेम्बर ६ देखि दुबईमा हुदैछ ।

नेपाली टोली :

पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), एलिसा कुमारी यादव (विकेटकिपर), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक

Leave a Reply

Your email address will not be published. Required fields are marked *