बीपी राजमार्गमा अब २४ सै घण्टा सवारीसाधन चलाउन पाइने

काभ्रे । बीपी राजमार्गमा अब २४सै घण्टा सवारीसाधन चलाउन पाइने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गरी बुधबारदेखि २४सै घण्टा धुलिखेल–भकुण्डेबेसी सडकखण्डमा सवारीसाधन चलाउन पाइने जनाएको हो ।

यसअघि बाढीपहिरोका कारण बीपी राजमार्गमा असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको थियो । अहिले बीपी राजमार्गमा ट्रयाक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *