एनपीएल : लेभिट काठमाडौं र एन्डर्सन पोखरामा अनुबन्धित

काठमाडौं । नेदरल्याण्ड्सका ब्याट्सम्यान माइकल लेभिटले काठमाडौं गुर्खाज र वेस्टइन्डिजका एन्डर्सन फिलिपले पोखरा  एभरेन्जर्सबाट नेपाल प्रिमियर लिग(एनपीएल) खेल्ने भएका छन् ।

२१ वर्षीय लेभिटले फेब्रुअरीमा नेपालसँग खेल्दै टी-२० आईमा डेब्यु गरेका थिए । त्यसपश्चात उनले टी-२० आईमा १७ खेल खेल्दै ५ सय ५० रन बनाउँदै दुई विकेटपनि लिएका छन् । लेभिट काठमाडौंमा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् ।

यस्तै पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा वेस्ट इन्डिजका एन्डर्सन फिलिपलाई अनुबन्ध गरेको हो । यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनले टी-२० मा २० खेल खेल्दै ४ सय १६ रन बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *