इंग्ल्याण्डका मोर्सले लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौं । इंग्ल्याण्डका विकेटकिपर ब्याट्सम्यान थोमस जेम्स मोर्स(टम मोर्स)ले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग(एनपीएल) खेल्ने भएका छन् । लुम्बिनीले बुधबार सामाजिक सञ्जालबाट मोरेसलाई अनुबन्ध गरेको जनाएको हो ।

२८ वर्षीय मोर्सले इंग्ल्याण्डको यु-१९ टोलीबाट खेलेका थिए । लुम्बिनीमा अनुबन्ध हुने मोर्स पहिलो विदेशी खेलाडी हुन् । उनले टी-२० मा १ सय ४७ खेल खेल्दै २३.३४ को औसतमा दुई हजार तीन सय एघार रन बनाएका छन् । उनीमा विभिन्न फ्रेन्चाइज टोलीबाट खेलेको अनुभव रहेको छ ।

एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *