दोषीलाई काबाही र बचतकर्ताको रकम फिर्ता आजको राष्ट्रिय आवश्यकता होः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै दुई चार जना सहकारी ठग जेल पर्ने भए भनेर रुवाबासी नगर्न आग्रह गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले प्रहरी अनुसन्धानलाई सघाउन रास्वपालाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘काँग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं । स्पष्ट हौं– दोषीलाई काबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता हो ।’

महामन्त्री शर्माले रास्वपाको प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम फैलाएको बताएका छन् । उनले भनेका छन्, ‘अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन एक मित्रको अभिव्यक्ति सम्झन्छु । निस्चयनै लोभ र डरले जब कसैको ईमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ । मेसिनबाट मान्छेमा फर्किँदासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ । रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ–प्रचलित कानुन बमोजिम कारबाही गर्न । तर प्रक्रिया शुरुभएपछि–राजनैतिक प्रतिशोध भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ? प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम–प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *