बयानका लागि पूर्वडीआईजी जोशीलाई पोखराबाट रूपन्देही पठाइयो

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूवडीआईजी एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई रूपन्देही पठाइएको छ ।

उनलाई सोमबार बुटवल पठाइएको हो । बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि जोशीलाई पोखराबाट बुटवल लगिएको हो । जोशीलाई प्रहरीले असोज ६ गते काठमाडौंमा पक्राउ गरेर कास्की लगेको थियो । गोरखा मिडियामा उनी जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार हुन् ।

बयान सकिएपछि जोशीलाई फेरि पोखरा नै फिर्ता ल्याइने प्रहरीले जनाएको छ । एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *